सेयर बजारमा सामान्य सुधार, ३ अर्ब ४४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज २७६ कम्पनीको ८० लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी सोल्टी होटलको २९ करोड ६३ लाख ८२ हजारको सेयर किनबेच भएको छ ।

यस्तै, आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल्स, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, सोल्टी होटलकाे सेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : ७ असार २०८०, बिहीबार १५:१९