कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.४१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर, सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : 21 June, 2023 4:45 pm