बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको शिक्षा सल्लाहकार नियुक्त भएकी अर्यालले राजनीनामा दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएको र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको बताएकी छिन् ।

प्रकाशित : ६ असार २०८०, बुधबार १५:०१