नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन



काठमाडौं । संसदको अर्थ समितिले रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डसँग मंगलबार छलफल गरिसकेपछि प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको हो।

यसअघि समितिकै जेठ २९ गते बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न निर्देशन दिएको थियो । समितिको मंगलबारको निर्देशनपछि नयाँ ब्रोकरहरुले लाइसेन्स पाउने प्रक्रिया पुनः सुचारु हुने भएको छ ।

हालसम्म १८ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिइसकेको छ । यसमध्ये ७ वटाले नेप्सेबाट समेत सञ्चालनका लागि एलओआई पाइसकेका छन् ।

प्रकाशित : 20 June, 2023 12:30 pm