ईङ्वा हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा खुल्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ईङ्वा हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा खुल्ला ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इङवा हाइड्रोपावरको सेयर कारोबार खुलेको छ । मंगलबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता २९१.८० रुपैयाँ दरले यसको पहिलो कारोबार खुलेको हो ।

अब सोही मुल्यलाई आधार मानेर इङवा हाइड्रोपावरको नियमित सेयर कारोबार हुनेछ । नेप्सेले ईङ्वा हाइड्रोपावरलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७.२९ रुपैयाँ र अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९१.८० रुपैयाँमा किनबेच भएको छ। नेप्सेले ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा सोमबार ईङ्वा हाइड्रोपावरको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको थियो। जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित) को १८ लाख कित्ता छन्।

प्रकाशित : ५ असार २०८०, मंगलवार १२:०८