सेयर बजारमा सामान्य करेक्सन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य करेक्सन



काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार सेयर बजारमा सामान्य करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन आइतबार ५२.२६ अंकले वृद्धि भएको सेयर बजार आज २‍.९४ अंकले घटेर २०९१.३९ विन्दुमा पुगेको हो ।

सोमबार २७६ कम्पनीका १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ । काराेबारमा सबैभन्दा बढी शिवम् सिमेन्टको २९ करोड ८२ लाख १३ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा आज ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएकाे छ । जसमा सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, मेन्छियम हाइड्रोपावर, सिटी होटल लिमिटेड रहेका छन् । साथै, आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेर नकारान्मक सर्किट लागेको छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार १५:३६