साङ्गे विद्युत कम्पनीले हकप्रद सेयर बिक्री गर्दै, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साङ्गे विद्युत कम्पनीले हकप्रद सेयर बिक्री गर्दै, बुक क्लोज कहिले ?



काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले १:८ को अनुपातमा (विद्यमान १ कित्ता सेयर बराबर नयाँ ८ कित्ता सेयरको दरले) प्रति सेयर ५० रूपैयाँका दरले २३ लाख ६८ हजार १ सय २२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको प्रति कित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेको छ ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले असार ११ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार १३:५१