नेप्सेमा ४ कम्पनीको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ४ कम्पनीको शेयर सुचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४ वटा कम्पनीको शेयर सुचिकृत भएको छ। आज ३ वटा कम्पनीको बोनस शेयर र एक कम्पनीको एफपिओ सुचिकृत भएको हो।

आज नयाँ सारथी लघुवित्तको १९ प्रतिशतले हुन आउने ५ लाख ७६ हजार ४ सय ५० दशमलव ९९ कित्ता बोनस शेयर, साना किसान विकास लघुवित्तको २६ प्रतिशतले हुन आउने ४० लाख ६७ हजार ४ सय ७५ दशमलव ६९१८ कित्ता बोनस शेयर, र उपकार लघुवित्तको ६१.७५ प्रतिशतले हुन आउने ४ लाख ५ हजार २ सय ३२ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो। आज नै युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : 18 June, 2023 5:56 pm