पुँजीबजारको विकास र विस्तारमा पहल गरिदिन ओलीलाई नयाँ ब्रोकरको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुँजीबजारको विकास र विस्तारमा पहल गरिदिन ओलीलाई नयाँ ब्रोकरको आग्रह



काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीहरु राजनीतिक दलका नेताहरुकोमा धाउन थालेका छन् । अर्थसमितिले आफ्नो काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने अहिलेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी धितोपत्र बोर्डलाई लाईसेन्स दिने काम रोक्न लगाएको भन्दै नेताको घर(घरमा धाउन थालेका हुन् ।

नयाँ ब्रोहरहरुले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर अर्थ समितिमा रहेका आफ्ना सांसदहरुलाई अहिले अर्थ सिमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन खारेज गराउन निर्देशन दिन आग्रह गरेका छन् ।

‘यथाशक्य छिटो आफ्नो दलअन्तरगत उक्त आर्थिक समितिमा रहनुभएका आफ्ना माननीयज्यूलाई बजारको विकास र विस्तारमा रहने किसिमबाट अगाडि बढ्नका लागि आवश्यक निर्देशन प्रदान गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं’ ज्ञापन पत्रमा उल्लेख छ, ‘सर्वोच्च अदालतको २०७९ चैत्र २६ गतेको फैसलाको विरुद्धमा, संविधानको धारा १२८ लाई समेत उल्लंघन गरेर अर्थ समितिले दिइएको पूर्वाग्रह पूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै आफ्नो दलको तर्फबाट नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिनुहुन समेत आदरणीय अध्यक्षज्यू समक्ष हाम्रो संगठनको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।’

पार्टीको तर्फबाट अर्थ समितिमा संलग्न सांसदलाई नेपालको पुँजी बजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व गर्ने निर्देशन प्रदान गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित : ३ असार २०८०, आईतवार १७:१९