तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको बोनस सेयर सूचीकृत भएका छन् । आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त र उपकार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पनि ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको पनि ४ लाख ५ हजार २३२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको ६१.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

तीन वटै कम्पनीको बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ३ असार २०८०, आईतवार १७:०९