सेयर बजारमा चमक: चार अर्ब ८६ करोडको काराेबार, ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा चमक: चार अर्ब ८६ करोडको काराेबार, ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दाेहोरो अंकले उकालो लागेको छ । आज बजार ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा बन्द भएको हो ।

आज कारोबारमा आएका २८० कम्पनीका १ करोड २० लाख ९५ हजार कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम सिमेन्टको सर्वाधिक ३६ करोड ६४ लाख ९९ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेन्चर, सुपर मादी हाइड्रोपावर, आन्मनिर्भर लघुवित्त वित्तिय संस्था, मेन्छियाम हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ भने सिटी होटल, माहुली लघुवित्त वित्तिय संस्था, साधना लघुवित्त वित्तिय संस्था,स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, नेशनल हाइडा्रेपावर कम्पनी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ३ असार २०८०, आईतवार १५:३२