कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट



काठमाडौं । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले उक्त रकमको बजेट पेश गरेका हुन् ।

उक्त बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४.३८ प्रशितत विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थाका लागि आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य रहेको छ । चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार रुपैयाँ बचत हुने, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने उल्लेख छ ।

यस्तै समुपुरक अनुदान ७६ करोड १६ लाख र विशेष अनुदान ५९ करोड ७९ लाख, वैदेशिक सहायतबाट १ करोड ८६ लाख ९० हजार प्राप्त हुने अनुमान छ ।

प्रकाशित : १ असार २०८०, शुक्रबार १७:५३