सेयर बजारमा सामान्य सुधार, ३ अर्ब १६ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब १६ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ५ अंकले बढेर २०४२.०७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३५ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २.३९, विकास बैंक १२.६२, वित्त १६.३५, जलविद्युत ८.४३, माइक्रोफाइनान्स २१.७६ र टेड्रिङ समूहको ४४.९५ अंकले घटेको छ । साथै, होटल समूहको उपसूचक २०८.७३, जीवन बिमा ३०८.४०, उत्पादन तथा प्रशोधन ८.३२, निर्जीबन १४३.६१ र अन्य २.९७ अंकले बढेको छ ।

कारोबारमा सिटी होटलकाे सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने अभियान लघुवित्त वित्तिय संस्थाको सेयर पनि उच्च अंकले बढेको छ । नेप्सेका अनुसार आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहीबार १५:२०