असार ७ गते अप्पर लोहोरे खोला हाइड्रोपावरकाे आइपीओ आउँदै, क-कस्ले पाइन्छ भर्न ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

असार ७ गते अप्पर लोहोरे खोला हाइड्रोपावरकाे आइपीओ आउँदै, क-कस्ले पाइन्छ भर्न ?



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ। जसमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको अर्थात १०० अंकित दरका कुल ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ।

स्थानीयका लागि जारी आईपीओमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेखको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ का बासिन्दाले आवेदन दिन पाउनेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका–३ बाहेक दैलेख जिल्लावासीले खरिद आवेदन दिन पाउनेछन्।

यसैगरी कम्पनीले जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ हलाख ८८ हजार २३६ कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। त्यसमा १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। स्थानीयले आयोजनास्थल (नौमुले बजार), दैलेखस्थित एनआईसी एसिया बैंक (नयाँबजार), ग्लोबल आइएमई बैंक (देवकोटा चोक) र प्रभु बैंक (नयाँबजार)बाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको बिक्री बन्द छिटोमा असार २१ गते र ढिलोमा साउन ५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २१ गतेसम्म आवेदन दिन पाउनेछन्। अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहीबार १२:३९