सेयर बजारमा हरियाली, कारोबार रकम पाँच अर्ब नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, कारोबार रकम पाँच अर्ब नाघ्याे



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार १६.४२ अंकले बढेर २०३७.०७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.३१ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.३९ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी शिवम् सिमेन्टको २८ करोड १७ लाख ८ हजारको सेयर किनबेच भएको छ ।

यस्तै, आज खप्तड लघुवित्त वित्तिय संस्था र सिटी होटलको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार १५:१६