रावा इनर्जीको आईपिओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रावा इनर्जीको आईपिओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल ११ लाख ८५ हजार २ सय ६ वटा आवेदन परेकोमा ति मध्ये १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन अयोग्य भएको छ ।

आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँड गरिएको छ । जस अनुसार ६४ हजार ३ सय ६६ जनाले सेयर पाएका छन् । यी मध्ये ७ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुनेछ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलवार १७:०२