३४.१७ अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

३४.१७ अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार दाहोरो अंकले उकालो लागेको छ । आज बजार ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा बन्द भएको हो ।

आज कारोबारमा आएका २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६ सय ९३ कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ । जसमध्ये शिवम सिमेन्टको सर्वाधिक २७ करोड ६६ लाखको कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै भूगोल इनर्जी र सिटी होटेलको सेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । हिमालयन डिस्टिलरीको सेयर मूल्य ८.८० प्रतिशत तथा शिवम सिमेन्टको सेयर मूल्य ८.२३ प्रतिशत बढेको छ ।

आज प्रभु स्मार्ट फण्ड र सिटिजन म्युचुअल फण्ड २ को इकाई मूल्य क्रमश ३.९३ र ३.१७ प्रतिशत घटेको छ । त्यस्तै युनिलिभर नेपालको सेयर मूल्य ३.१४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रसोधन समुह सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ भने जीवन बीमा समुह २.७३ प्रतिशत र लघुवित्त समुह २.६४ प्रतिशत बढेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलवार १५:४६