सेयर बजारमा सामान्य सुधार, ५ कम्पनीमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, ५ कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । साताको दाेस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३४ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६४ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.०१, होटल समूहको उपसूचक ४५१.९९, जीवन बिमा ७.६६, उत्पादन तथा प्रशोधन १०२.९९, माइक्रोफाइनान्स १४.९४ अंकले बढेको छ । त्यस्तै, विकास बैंक १८.६३, वित्त १६.२५, निर्जीबन ५.७०, टेड्रिङ समूहको ३.४० र जलविद्युत ७.८८ अंकले घटेको छ ।

कारोबारमा अभियान लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, प्रभु स्मार्ट फण्डको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड २८ लाख ५८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार १५:१७