सेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.१० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.५६ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.०७अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २७५ कम्पनीको ९५ लाख ९८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ११ करोड ४७ लाख २४ हजारको सेयर किनबेच भएको छ ।

यस्तै, आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल लिमिटेडको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट, मकर जितुमाया सुरी हाइड्रोपावर र हिमालय उर्जा विकाश कम्पनीको सेयर उच्च अंकले बढेको छ । त्यस्तै आज ग्लोबल आइएमई व्यालेन्स फण्ड-१ का लगनीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित : २८ जेष्ठ २०८०, आईतवार १५:१९