ब्रोकरहरुको प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला छोड्नुपर्छ : अध्यक्ष हमाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्रोकरहरुको प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला छोड्नुपर्छ : अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ब्रोकरको बीचमा प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला छोड्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरको विमर्श कार्यक्रमममा बिहीबार अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष हमालले नेपालको सेयर बजार सानो र फोहोर रहेको भन्दै बजारलाई पारदर्शी बनाउन प्रतिस्पर्धामा जान लागेको बताएका छन् । केही ब्यापारीको अनुहार हेरेर ऐन बनेको भन्दै अब प्रतिस्पर्धामा जान आवश्यक रहेको हमालको भनाइ छ ।

आफु पनि नेपालमा बिरक्त लागेर विदेश २० बर्ष बसेर पुन नेपालमा आएको उनले बताए । विश्व बजारमा पत्रकारले लगानि गर्यो भने त्यो क्षेत्रमा समाचार नलेख्ने गरेको बताउलै आफुले एआईटिमा मास्टर गर्दा सेयर बजारको बारेमा धेरै बुझेको बताए ।

हमालले क्षमता हुनेले व्यबसाय गर्न पाउनु पर्ने बताए । पहिलो पटक बजारमा फुल डिल्लर ल्याउन लागेको बताउदै, लाईसेन्स दिदा कसैसँग पनि चिया समेत नखाएको दाबी समेत गरे। ईमान्दार भएर ५ वटा मापदण्डअनुसार लाईसेन्स दिदा सरकारले ठुलो राजस्व पाएको दाबि गरे ।

मापदण्ड पुगेका सबैले लाईसेन्स पाएको बताउदै उनले यो पटक ३५ दिन भित्र ४३ वटा कम्पनीलाई लाईसेन्स दिएको बताएका छन् । यसले बजारमा प्रतिस्पर्धा बढने, लागत घटने उनको दाबी छ । ब्रोकरको बिचमा प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला खोडनु पर्ने बताए ।

कार्यक्रम सेजनका सस्थापक अध्यक्ष प्रतीक प्रधानले सापकोटाले सेयर बजारमा धेरै प्रगति गरेको बताए । प्रधानले सेयर बजार जुवा हो भनेर भन्न नहुने बताए । पत्रकारले आफु किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने बताए। नयाँ स्टकलाई लाईसेन्स दिन, नया ब्रोकर आउनु राम्रो भएपनि नयाँ कम्पनी आउँदा कति करोडको खेल हो भन्ने देखिएको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताए । उनले नेपालमा पनि नयाँ स्टक आउने चर्चा चलेको बेला आर्थिक चलखेलमा भएको कुरा सबैलाई जानकारी भएको उल्लेख गरे ।

कार्यक्रममा सेजनका पुर्व अध्यक्ष गोकर्ण अवस्थिले पुस्तकमा ब्रोकरको फ्रि एक्जि, फ्रि ईन्ट्रिको बिषय, नयाँ स्टकको कुरा उल्लेख गरेको र नेपालमा पनि त्यो पूरा हुन खोज्दा खोज्दै रोकिएको बताए ।

उपन्यासमा सेयर बजारमा लगानिगर्ने मान्छे परिस्थिति प्रतिकुल भएपछि विदेशिनुपर्ने बध्यता, बजारमा निरन्तर लागि गरे एकदिन सफल हुने बिषय सरल रुपमा समेटेको बताए । नेपालको विकसमा देखेको सपना, बजार विकासका लागि नयाँ स्टकका बिषय, त्यसको आवश्यकताका बिषय उल्लेख रहेको बताए ।

सापकोटा १० /१२ बर्ष हराउदा सेयर बजारका बारेमा जानकारी दिने गरि उपन्यास लिएर आएको पनि बताए । कार्यक्रममा सेजनका पूर्व अध्यक्ष विज्ञान विभु अधिकारीले लेखक सापकोटाले जटिल बिषयलाई सरल भाषाले लेखेको बताए ।

कार्यक्रममा उपन्यासका लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगानि गरेपनि सुचनाको गलत प्रयोग गर्नु नहुने बताए । उनले गैर आवासिय नेपालीलाई सेयर बजारमा पुरै खुला गर्न आग्रह गरे । एनआरएनएले डलरमा गरेको लगानि रुपैयामा कन्भर्टर भएर पनि पैसा डलरमा लैजादा स्विकृत लिनु पर्ने झन्झट हुने भन्दै यो झन्झट हटाउन माग गरे । लगानि, नाफा फिर्ता लैजाने झन्झट हटाउने हो भने धेरै लगानि भित्रने बताए । उनले सेयर बजार जुवाघर नभएको समेत बताए। ूहामिले घर जग्गा, सुनलाई जति प्राथमिकता दिन्छौ त्यसरी सेयर बजारलाई दिईएको पाईएन ।’

सेयर बजारले छोटो समयमा धेरै रोजगारि सृजना गर्ने बताए। यसमा बोर्डले ध्यान दिन नसकेको उनको भनाइ छ । लेखक सापकोटाले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक आवश्यक रहेको बताए। उनले पछि दुइवटा स्टक आवश्यक नभए मर्जरमा जमन सक्ने समेत बताए ।’

उनले अक्सन मार्केट, सस्ट सेल गर्नसक्ने व्यवस्था गर्न आग्रह गरे। सापकोटाले भारतको सेयर बजार म्युचुअल फन्ड, अक्सन बजार लगायतमा धेरै अघि बढेको स्मरण गरे।

पुर्व अध्यक्ष गोकर्ण अवस्थीले आफू सेजनमा हुदा स्वार्थ नबाझियोस भनेर पत्रकारले लगानिगर्ने बिषयमा ध्यान दिनुपर्ने बताए । कुनै कम्पनीको सेयर किनेको छ भने त्यसको रिपोर्टिङ नगर्न आग्रह गरे । यो पुस्तकले सेयर बजारबारे धेरै कुरा थाहा पाउने बताए ।

सेजनका निवर्तमान अध्यक्ष भिम गौतमले पत्रकारले लगानि गरेपनि स्वार्थमा बाझिन नहुने बताए । सेयर बजारमा लगानि गरेपनि मुल मर्म पत्रकारिता हुनुपर्ने बताए । अहिले सेयर बजारमा लगानि बढेपनि लाभांश त्यो अनुसार पाउन नसकेको बताए ।

कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजनलाई अघि बढाउन महत्त्वपूर्ण योगदान नारायण सापकोटाको भएको बताए । ‘उहाँकामको सिलसिलामा अमेरिका भएपनि आर्थिक पत्रकारका लागि निकै महत्त्वपूर्ण साबित हुने उपन्यास लेख्नु भएको छ’ उनले भने ‘सेयर बजारको बिषयमा धेरै किताब छैन, उनको किताबबाट उपन्यास पढेर सेयर बजारको बारेमा पत्रकार, सर्वसाधारणले थाहा पाउन सक्नेछन् ।’ यो किताब सेयर लगानिकर्ता, पत्रकार, सर्वसाधारण सबैका लागि उपयोगि हुने बताए।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार १८:३४