सेयर बजार ७.२७ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ७.२७ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । आज बजार ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.०५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा विकास बैंक ३१.९८, जीवन बिमा १४५.७७, निर्जीबन बिमा ५०२.११, अन्य समूहको उपसूचक १२९.६० टेड्रिङ समूहको १२९. ६० अंकले बढेको छ। त्यस्तै, बैंकिङ समूहको उपसूचक ३.१४, होटल ३९.०४, जलविद्युत १९.१३, उत्पादन तथा प्रशोधन ३८.१० अंकले घटेको छ ।

कारोबारमा दोल्ती पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारमा सबैभन्दा बढीे आर्इजीआर्इ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २६ लाख ८७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार १५:४४