२५.६६ अंकले बढ्याे बजार, करिब २ अर्बको सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२५.६६ अंकले बढ्याे बजार, करिब २ अर्बको सेयर कारोबार



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.७७ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी सोल्टी होटलको ९ करोड ६८ लाख ७२ हजार रुपैंयाको सेयर किनबेच भएको छ ।

त्यस्तै आज न्यादी हाइड्रोपावर कम्पनी र सनराइज फोकस्ड इक्विटी फण्डको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । साथै, सेन्चुरी डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलवार १५:२३