अरुण भ्याली हाइड्रोपावरको विशेष साधारण सभा असार ७ गते, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अरुण भ्याली हाइड्रोपावरको विशेष साधारण सभा असार ७ गते, के-के छन् एजेण्डा ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा डाकेको छ । कम्पनीले असार ७ गते बिहीबार, बिहान ११ बजे, मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर काठमाडौंमा विशेष साधारण सभा डाकेको हो ।

सभाले कम्पनीको हाल कायम पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्काशन गरेर जम्म भएको शेयर लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने र काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीको लागि खर्च गरिने कम्पनीले जनाएको छ ।

यस्तै सभाले नियमन निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ २९ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १२:२४