सेयर बजारमा दोहोरो अंंकको सुधार, बढ्न सकेन कारोबार रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंंकको सुधार, बढ्न सकेन कारोबार रकम



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएयता निरन्तर घटेको सेयर बजार बिहीबार भने दाेहोरो अंकले बढेको छ । आज बजार १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.१९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७० अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ६.९५, विकास बैंक १८.६१, वित्त ११.५१, होटल ५४.६५, जलविद्युत ३१.८३, जीवन बीमा ८५.६५, उत्पादन तथा प्रशोधन ५५.३५, माइक्रोफाइनान्स २४.४०, निर्जीबन बीमा १६९.३९, अन्य ३.९८ र ट्रेडिङ समूहको उपसूचक ९.२७ अंकले बढेको छ ।

आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको २३ करोड २१ लाख ३४ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । नेप्सेका अनुसार आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर उच्च अंकले वृद्धि भएको छ । साथै, सनराइज फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहीबार १५:३३