नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४।९९ प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरु र २ लाख १७ हजार ६५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा सेयर जारी हुने सेयरको दश प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर बैशाख ३१ गतेदेखि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा बैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रकाशित : १४ जेष्ठ २०८०, आईतवार १२:१२