सेयर बजारमा १६.४९ अंकको सुधार, कारोबार रकम भने खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १६.४९ अंकको सुधार, कारोबार रकम भने खुम्चियो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक १६.४९ अंकले बढेर परिसूचक १९५९.१२ बिन्दुमा पुगेर रोकिएको हो ।

२७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा१ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा विकास बैंक २.१५, होटल १७१.४७, जीवन बीमा १२०.२०, उत्पादन तथा प्रशोधन २२०.६६, माइक्रोफाइनान्स ७७.११, निर्जीबन बीमा १२१.४५, अन्य २१.०९, ट्रेडिङ समूहको उपसूचक ३५.१५ अंकले बढेको छ ।

कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, युनिलिभर नेपाल, शिवम सिमेन्ट, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै आज कारोबारमा अजोड इन्स्योरेन्स, सुपर मादी हाईड्रोपावर, लिबर्टी इनर्जीका सेयरधनीले सार्वाधिक गुमाएका छन् ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार १५:५१