नेप्से र कारोबार रकम दुवैमा उछाल, लघुवित्तमा लगानीकर्ताको आर्कषण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से र कारोबार रकम दुवैमा उछाल, लघुवित्तमा लगानीकर्ताको आर्कषण



काठमाडौं । सेयर बजारले सकारात्मक लय लिन थालेको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै ब्याजदर घट्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर बजार १९४२.६३ विन्दुमा पुगेको हो ।

२७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १० करोड ५ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २१.२८, विकास बैंक ८२.८६, वित्त ५१.५४, होटल १३१.०७, जलविद्युत ६४.८४, जीवन बीमा ३६५.३४, उत्पादन तथा प्रशोधन १८३, माइक्रोफाइनान्स १३७.११, निर्जीबन बीमा ३५५.२१, अन्य ३१.९८ र ट्रेडिङ समूहको उपसूचक ८०.३१ अंकले बढेको छ ।

कारोबारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार सनराइज फरस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले भने आज सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १५:४३