सेयर बजार ८.१० अंकले उकालो लाग्यो, एक अर्ब २७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ८.१० अंकले उकालो लाग्यो, एक अर्ब २७ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबार दिन सोमबार ८.१० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८९१.३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंकले बढेको छ ।

२७२ कम्पनीको आज ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको सात करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ । नेप्सेका अनुसार ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले भने आज सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार १५:२५