झिनो अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

झिनो अंकले बढ्यो नेप्से



काठमाडाैं । शेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आज ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।आज शेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०.६२ प्रतिशतले घटेको छ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आईतवार १६:३०