चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार एक इन्स्योरेन्स सहित ४ लघुवित्त कम्पनीको बोनस सेयर सुचिकृत भएको छ। नेप्सेमा एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसमा एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६.५६ कित्ता र ४ लाख ८६ हजार कित्ता बोनस सेयर छन्।

यी सबै कम्पनीको गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि एनएलजी इन्स्योरेन्सले १० प्रतिशत, लक्ष्मी लघुवित्तले १५ प्रतिशत, इन्फिनिटी लघुवित्तले २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

प्रकाशित : ७ जेष्ठ २०८०, आईतवार १३:२८