लुम्बिनी विकास बैंकको १ अर्बको ऋणपत्र आउँदै, कति पाइन्छ ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको १ अर्बको ऋणपत्र आउँदै, कति पाइन्छ ब्याज ?



काठमाडौं । लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० वर्ष अवधिको १० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

यसमध्ये ६० प्रतिशत अर्थात ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ भने यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ३० गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आईतवार १२:१६