गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गरिने



काठमाडौं । सरकारले पूँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी खुला गर्ने बताए ।

यस्तै वैदेशिक रोजगारीमा गएकालाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रमा आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने घोषणा सरकारले गरेको छ ।

गैरआवासीय नेपालीको ज्ञान सीप, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार १६:५१