सेयर बजारमा देखियो चमक, साढे एक अर्बको सेयर किनबेच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा देखियो चमक, साढे एक अर्बको सेयर किनबेच



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम कारोबार दिन बिहीबार ३२.३० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८७७.३२ विन्दुमा पुगेको हो ।

यसरी नेप्से बढ्दा २४ दिन यताकै उच्च कारोबार भएको छ । २६४ कम्पनीको आज ४४ लाख २२ हजार कित्ता सेयर किबबेच हुँदा एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले आठ करोड ६३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा हिमालयन उर्जा विकास कम्पनी र आत्मानिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ । नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले भने आज सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहीबार १५:४२