सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.६० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.२० अंकले बढेको छ ।

२६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आज सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमा बैंकिङ समूहको उपसूचक ८.६५, विकास बैंक ५४.९३, वित्त ३४.५६, होटल २०.०२ जलविद्युत ४९.२८, जीवन बीमा ९३.३७, उत्पादन तथा प्रशोधन ३७.८२, माइक्रोफाइनान्स ३१.१८, निर्जीबन बीमा १७१.२३, ट्रेडिङ समूहको उपसूचक १४.१३ र अन्य समूहको उपसूचक ३०.८२ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, इष्टर्न हाइड्रोपावर र ग्रिन लाईफ हाइड्रोपावरका सेयरधनीले पनि कमाएका छन् ।

यस्तै, माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा बढी भएको छ । कम्पनीको पाँच करोड ४६ लाख ५८ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार १५:३८