कुथेली बुखारी स्मल हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुथेली बुखारी स्मल हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति



काठमाडौं । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले जेठ २ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीले प्रति शेयर १ सय रुपैयाँको दरले २ करोड ४३ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको २ लाख ४३ हजार ६ सय ७५ कित्ता बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको हो । जुन कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबर हुन आउँछन्।

कम्पनीले अब स्थानीय र सर्वसाधारणलाई १०० अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आइपीओ बिक्री खुलाउनेछ। यसमा विक्री प्रबन्धक एनएमवि क्यापिटल रहेको छ ।कम्पनीले दोलखा जिल्लाको भीमेश्वर गा.पा. वडा नं. ८, पुष्प नदीमा ०.९९८ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना संचालन गरीरहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार १५:००