सेयर बजारको ओरालो यात्रा जारी, ७२ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको ओरालो यात्रा जारी, ७२ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो काराेबार दिन सोमबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ३.३४ अंकले घटेर परिसूचक १८१८.३१ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२२ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१४ अंकले घटेको छ ।

२६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच हुदाँ ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा विकास बैंक १०.५५, वित्त १.११, माइक्रोफाइनान्स १०.८० र उत्पादन तथा प्रशोधन २२.७० अंकले बढेको छ । बाकी अधिकांश समूहको उपसूचक राताम्मे देखिएको छ ।

बैंकिङ समूहको ३.७०, जलविद्युत ५.३४, जीवन बीमा ८.४७, निर्जीबन बीमा ५१.७७, होटल १६.६४, अन्य ७.४५, ट्रेडिङ समूहको उपसूचक६.९४अंकले घटेको छ । कारोबारमा आजएनआईबिएल ग्रोथ फण्डको सेयर उच्च अ‌कले बढेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरमा सर्वाधिक गिरावट आएको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ४ लाख ६७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १५:३५