माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने



काठमाडौं। माई खोला हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। माई खोला हाइड्रोपावरको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो।

नेप्सेमा माई खोलाको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २० लाख कित्ता, सर्वसाधारण ९वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत०को १५ लाख २९ हजार ४११ कित्ता र स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता रहेका छन्।

नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।

यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १३:२६