नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १६.९६ अंकले घटेर परिसूचक १८२१.६४ बिन्दुमा पुगेको हो ।

२६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे देखिएको छ ।

जसमा बैंकिङ समूहको ८.६७, विकास बैंक ३८.६२, वित्त १९.२८, जलविद्युत ५०.५५, जीवन बीमा ४०.३१, उत्पादन तथा प्रशोधन ६९.२५, माइक्रोफाइनान्स १६.४२, निर्जीबन बीमा ४०.५३, अन्य २७.९२, ट्रेडिङ समूहको उपसूचक ११.०२ अंकले घटेको छ । कारोबारमा ४० कम्पनीको सेयर बढेको छ भने १६९ कम्पनीको सेयर मुल्य घटेको छ ।

कारोबारमा आत्मनिर्भर लघुवित्त संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नागरिक लगानी कोष, मिथिला लघुवित्त, बाराही हाईड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्थाकाे सेयर पनि उच्च अ‌कले बढेकाे छ ।

यस्तै आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्बाधिक गुमाएका छन् । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज ५ करोड ३५ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३१ बैशाख २०८०, आईतवार १५:४८