काठमाडौं, २४ माघ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले दोस्रो त्रैमास रिर्पोट सार्वजनिक गरेको छ । भर्खरै मात्र संचालनमा आएको संस्थाको खुद मुनाफा २० लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
६ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले २ लाख ६१ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने खुद ब्याज आम्दानी ११ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीको संचालन मुनाफाभने २० लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । संस्थाको जोखिम युक्त सम्पत्ती ३१० दशमलव ५८ प्रतिशत रहेको छ ।
Comment