स्टकको लाईसेन्स रोक्नु प्रशंसनीय, नयाँ ब्रोकरको लाईसेन्स प्रक्रिया पनि रोक्न ब्रोकर एसोसिएसनको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्टकको लाईसेन्स रोक्नु प्रशंसनीय, नयाँ ब्रोकरको लाईसेन्स प्रक्रिया पनि रोक्न ब्रोकर एसोसिएसनको माग



काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले ब्रोकर लाईसेन्स वितरण प्रक्रिया पनि रोक्न माग गरेको छ । नेपाल सरकारले स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोकेपछि त्यसको खुलेर प्रशंसा गर्दै एसोसिएसनले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया पनि रोक्न माग गरेको हो ।

एसोसिएसनले ब्रोकर लाईसेन्स वितरणमा पनि आर्थिक अनियमितता भएको दाबी गर्दै ब्रोकर लाईसेन्स वितरण प्रकिया गरेर आर्थिक अनियमितता छानविन गर्नु पर्ने जनाएको छ । एसोसिएसनले यसरि नै लाईसेन्स बितरण गरेमा पुंजीबजारमा ठुलो दुर्घटना निम्तिने जिकिर गरेको छ ।

एसोसिएसनले भनेको छ ‘आज नेपालको पूँजीबजार आर्थिक बेथितिको पहाड बनेको छ । विद्यमान कानूनमा रहेको जालसाझीयुक्त कारोबार तथा भित्री कारोबारहरुको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नबनाई संस्थागत सुशासनमा नै प्रश्नचिन्ह लागेका कम्पनीहरु तथा निजका सञ्चालक, संस्थापकबाट खुल्लमखुल्ला नियमकिय कमजोरीको फाईदा उठाई सर्वसाधारण लगानीकर्ताहरुको दोश्रोबजारमार्फत् गरिएको खर्बीको लगानी जोखिममा छ । अनावश्यक बिषयवस्तुको उठान गरी राजनैतिक नेतृत्वलाई प्रभावमा पारी बितरण गर्न लागिएको दलाल व्यवसायीको लाईसेन्सले भविष्यमा पूँजी बजारमा ठूलो दुर्घटना हुने निश्चित छ।’

एसोसिएसनले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको आधिकारीक प्रतिनिधि, आधिकारिक एजेन्ट, सबब्रोकर, शाखारहित दलाल सेवा, शाखा विस्तार, आधुनिक प्रविधिको प्रयोग आदि कम लागत तथा सरल नियमन गर्न सकिने बैकल्पिक उपायहरुको अभ्यासै नगरी तथा लगानीकर्ताहरुको खर्बीको लगानी जोखिममा हुँदा समेत सोको संरक्षणमा ध्यानै नदिई पहुँच विस्तारको नाममा लाईसेंन्स बितरणलाई मात्र एकोहोरो अर्जुन दृष्टि लगाउनुको पछाडी कुनियत र आर्थिक लोभले काम नगरेको भन्न नसकिने उल्लेख गरेको छ।

यस्तो छ विज्ञप्ति:

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १७:४४