बैंक दर १ प्रतिशतले घट्यो, यस्तो छ मौद्रिक नितिको समिक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक दर १ प्रतिशतले घट्यो, यस्तो छ मौद्रिक नितिको समिक्षा



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दर घटाएको हो । राष्ट्र बैंकले विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरेको छ ।

मौद्रिक नीतिको समीक्षामा भनिएको छ, मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुकोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोर अन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ ।’

मौद्रिक नीतिको पूर्ण पाठ :

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १२:२९