सेयर बजारमा गिरावट, ५७ करोेडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा गिरावट, ५७ करोेडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से ३.३४ अंकले घटेर १८३८.५९ को विन्दुमा बन्द भएको हो ।

आज नेप्सेमा कारोबार भएका २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोेड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको सेयर कारोबार भएको छ । बजार सामान्य अंकले घट्दा बैंकिङ समूहको उपसूचक ०.६२ जीबन बीमा १.७२ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

जसमा विकास बैंक १६.६४, वित्त १०.३८, होटल समूह ७.७७, विद्युत कम्पनी ९.४२, माइक्रोफाइनान्स १८.६३, निर्जीबन बीमा समूहको उपसूचक २६.९६ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था र बाराही हाइड्रोपावरका लगानीकर्ताले बढी गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड १५ लाख ६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २८ बैशाख २०८०, बिहीबार १५:३५