काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १२९४.९२ प्रतिशतले वृद्धि गरेको हो ।
गत वर्ष कम्पनीले ६० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । एलआइसी नेपालको खुद बिमा शुल्क आर्जन ५.४८ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपैयाँमा आएको छ । यता, लगानी कर्जा तथा अन्य आम्दानीमा भने ७.३३ प्रतिशत सुधार भएको छ ।
यसको जीवन बिमा कोषको आकार भने १५.७६ व्रतिशतले बढेर १ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीमा ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।
एलआइसी नेपालकोे प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९५ पैसा छ ।
Comment