काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार साताको चौथो कारोबार दिन बुधबार सामान्य अंकले घटेको छ । बुधबार नेप्से २.४३ अंकले घटेर १८४१.९३ को विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा कारोबार भएका २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच हुदाँ ५८ करोेड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार सामान्य अंकले घट्दा वित्त ३.२६, विद्युत कम्पनी २.१२, उत्पादन तथा प्रशोधन २६.०३, माइक्रोफाइनान्स ०.९३ । निर्जीबन बीमा समूहको उपसूचक ३०.८३ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक २.६३, विकास बैंक ८.९०, होटल समूह १४.३९ जीवन बीमा ९.२०, अन्य १०.७८ र टेड्रिङ समूह ४.७४ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एनसीसी डिबेञ्चरका लगानीकर्ताले बढी गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज तीन करोड ५६ लाख १० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।





Comment