काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार बजार १०.६६ अंकले बढेर परिसूचक १८४२.०८ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.७२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंकले बढेको छ ।
२६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनबेच हुदाँ ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आज सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमा बैंकिङ समूहको उपसूचक ३.५८, विकास बैंक२८.३९, वित्त ७.७६, होटल ६५.८४, जलविद्युत २४.५८, जीवन बीमा ७५.०१, उत्पादन तथा प्रशोधन ५८.५९, माइक्रोफाइनान्स १०.९८, निर्जीबन बीमा२०.६०, ट्रेडिङ समूहको उपसूचक २.३५ र अन्य समूहको उपसूचक ३.३७ अंकले बढेको छ ।
बजारमा दोहोरो अंकको सुधार आउँदा पिपुल्स पावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । यस्तै, युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी भएको छ । कम्पनीको ६ करोड ९६ लाख २५ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment