सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार १६.९३ अंकले घटेर परिसूचक १८३३‍.६९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.२१ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८५ अंकले घटेको छ ।

२७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बजार दोहोरो अंकले घट्दा नेप्सेमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको ६.५०, विकास बैंक १३.७१, वित्त १८.४१, होटल ८४.५६, जलविद्युत ४३.८०, जीवन बीमा १२१.४९, उत्पादन तथा प्रशोधन ३०.२०, माइक्रोफाइनान्स २६.८०, निर्जीबन बीमा समूहको उपसूचक १०६.९४ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । साथै, इष्टन हाइड्रोपावरका लगानीकर्ताले बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा बढी भएको छ । कम्पनीको ३ करोड ७८ लाख २१ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार १५:१८