नेप्से परिसूचक घट्ने क्रम रोकिएन, कारोबार रकम पनि सुस्तायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक घट्ने क्रम रोकिएन, कारोबार रकम पनि सुस्तायो



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से १९.१२ अंकले घटेर १८५०.६१ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.१४ अंकले घटेर ३५४.७८ को विन्दुमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ६० करोेड ८१ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बजार दोहोरो अंकले घट्दा बैंकिङ समूहको उपसूचक ९.१२, विकास बैंक ३४.२५, वित्त १९.४, होटल समूह ६३.४२, जलविद्युत ४८.२०, जीवन बीमा ४०.०५, उत्पादन तथा प्रशोधन ६.४१, निर्जीबन बीमा समूहको उपसूचक १०२.७३, माइक्रोफाइनान्स ४१.१६, अन्य १०.३७ र ट्रेडिङ समूहको उपसूचक १०.०६ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एनएमबी डिभेञ्चर र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले बढी गुमाएका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३ करोड २२ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 7 May, 2023 3:39 pm