बजेट निर्माणको मुखैमा अर्थ मन्त्रालयका सचिव फेरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट निर्माणको मुखैमा अर्थ मन्त्रालयका सचिव फेरिए



काठमाडाैं । बजेट सार्वजनिक हुन २५ दिन बाँकी हुँदा अर्थसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । सरकारले अर्थ मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका अर्जुन पोखरेललाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेललाई अर्थ सचिव बनाएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको मुखैमा नयाँ अर्थसचिव ल्याएका हुन् । अर्थसचिवका लागि कृष्णहरि पुष्कर र पोखरेलको नाम चर्चामा थियो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहीबार ११:५४