काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से बिहिबार २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोेड ९६ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । बजार सामान्य अंकले घट्दा बैंकिङ समूहको उपसूचक २.९८ र होटल समूह ६४.३२ अंकले बढेको छ । साथै, विकास बैंक ५.७०, वित्त ८.९७, जीवन बीमा १३.१३, उत्पादन तथा प्रशोधन ५६.४२, माइक्रोफाइनान्स १९.९२, निर्जीबन बीमा समूहको उपसूचक ११.०६ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताले बढी गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज तीन करोड ७६ लाख ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
Comment