दोहोरो अंकले घट्यो सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको चाैथो काराेबार दिन बुधबार बजार १३.६८ अंकले घटेर परिसूचक १८९२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ ।

२६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको सेयर कारोबार भएको छ । बजार दोहोरो अंकले घट्दा नेप्सेमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको ७.६७, विकास बैंक ३५.९२, वित्त १२.७५, होटल ४६.९०, जलविद्युत २०.५७, जीवन बीमा ५६.८२, उत्पादन तथा प्रशोधन ३४.७२, माइक्रोफाइनान्स २०.९५, निर्जीबन बीमा समूहको उपसूचक ५०.९५ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । साथै, सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा बढी भएको छ । कम्पनीको ७ करोड १ लाख ६० हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : 26 April, 2023 3:42 pm